Kathmandu Press

विप्लवका एक दर्जन नेता कांग्रेसमा प्रवेश

काठमाडौं, भदाै १८ : नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर...
विप्लवका एक दर्जन नेता कांग्रेसमा प्रवेश

काठमाडौं, भदाै १८ : नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएको हुन्।

नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सं (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत कांग्रेसका प्रवेश गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरू कांग्रेस प्रवेश गरेका हुन्।

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्