Kathmandu Press

सामाजिक विभेद अन्त्य गर्नुपर्छ : महासचिव भुसाल

काठमाडाैं, भदाै १८ : नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरीे नागरिक स्वतन्त्रता कायम गर्न माक्र्सवादी दर्शन वैज्ञानिक...
सामाजिक विभेद अन्त्य गर्नुपर्छ : महासचिव भुसाल

काठमाडाैं, भदाै १८ : नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरीे नागरिक स्वतन्त्रता कायम गर्न माक्र्सवादी दर्शन वैज्ञानिक भएको बताएका छन्।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा उनले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक भाषिकलगायतका विभेद विद्यमान रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताए।

उनले नागरिकका राजनीतिक अधिकारका साथै  आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका पक्षमा मार्क्सवादी विचार केन्द्रित रहेको उल्लेख गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए।

संविधान र लोकतन्त्रको  रक्षाका लागि विद्रोहबाट स्थापित आफ्नो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि सक्रिय रहेको उनले बताए।

नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको  विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको भुसालको भनाइ थियो।

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्