नागरिकता विधेयक हुबहु पारित गर्दा राष्ट्रपतीय संस्थाको अवमूल्यन : कमल थापा
फ्रयांकफर्ट, भदाै १८ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन भएको बताएका छन्।शनिबार काठमाडौंमा...
काठमाडाैं, भदाै १८ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक संघीय संसदबाट हुबहु पारित गरेर राष्ट्रपतीय संस्थाको अवमूल्यन भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राष्ट्रपतिले सुझाव सहित नागरिकता बिधेयक फिर्ता पठाएपनि त्यसलाई पुनः दबाट हुबहु पारित गरेर राष्ट्रपतिय संस्थाको अवमूल्यन भएको बताएका हुन्।
उनले गठबन्धन दलले नागरिकता बिधेयक हुबहु पारित गरेर मुलुकलाई अप्ठेरोमा ठकेल्न खोजेको आरोप लगाए। त्यस्तै थापाले आगामी निर्वाचनबाट संसदमा सम्मानजनक उपस्थीति हासिल गर्न सके हिन्दुराष्ट्र पुर्नस्थापनाको पक्षमा देशव्यापी आन्दोलन गर्ने जिकिर गरे।
प्रमुख राजनीतिक दलको विकल्पमा फरक विचार बोक्ने आफ्नो मात्रै पार्टी भएको उनको भनाइ छ।
थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्ने धारणा पनि राखे।











