Kathmandu Press

रोहितको शानदार इनिङमा नेपालले दियो केन्यालाई २३१ रनको लक्ष्य

काठमाडाैं, भदाै १८ : कप्तान रोहितकुमार पौडेलले शानदार इनिङ खेलेपछि नेपालले घरेलु टोली केन्यालाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। लिस्ट ए मान्यता...
रोहितको शानदार इनिङमा नेपालले दियो केन्यालाई २३१ रनको लक्ष्य

काठमाडाैं, भदाै १८ : कप्तान रोहितकुमार पौडेलले शानदार इनिङ खेलेपछि नेपालले घरेलु टोली केन्यालाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। लिस्ट ए मान्यता प्राप्त एकदिवसीय सिरिजको दोस्रो खेलमा रोहितले मिडल अर्डरमा उत्कृष्ट इनिङ खेलेपछि ४९.२ ओभरमा अलआउट हुँदै नेपालले २३० रन बनायो।

नेपालका लागि कप्तान रोहितले सर्वाधिक ७८ रन बनाउँदा ओपनिङमा आएका देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बासिर अहमदले १७ र अदिल आलमले १४ रन बनाए ।

केन्याका विराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए ।

तीन खेलको सिरिजको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो।

प्रकाशित मिति: १५:३२ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्