Kathmandu Press

अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने गरी नेपाली चलचित्रको विकास गर्नुपर्छ : सञ्चारमन्त्री कार्की

काठमाडाैं, भदाै १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने गरी नेपालको चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताएका छन्।नेपाल चलचित्र निर्माता...
अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने गरी नेपाली चलचित्रको विकास गर्नुपर्छ : सञ्चारमन्त्री कार्की

काठमाडाैं, भदाै १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने गरी नेपालको चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताएका छन्।

नेपाल चलचित्र निर्माता संघका १६औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अहिले लाखौ नेपालीहरु रोजगारका लागि विभिन्न देशमा रहेको भन्दै नेपालको चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुराउने गरि विकास गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

विदेशमा रहेका नेपालीहरुलाई पनि सहज रूपमा नेपाली चलचित्र हेर्न सक्ने गरी काम गर्नुपर्ने उनको सुझाव छ। त्यस्तै मन्त्री कार्कीले धेरै राम्रा सिनेमाहरु बनेको र आगामी दिनमा कला संस्कृति र भूगोललाई मध्यनजर गर्दै बनाई विश्व बजारमा राम्रै स्थान पाउने जिकिर गरे। 

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्