कांग्रेसलाई जिताउने गरी लाग्न प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं, भदौ १८ : आगमी संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने गरी तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। शनिबार...
काठमाडौं, भदौ १८ : आगमी संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने गरी तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। शनिबार प्रजातान्त्रिक चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले कांग्रेसलाई अत्याधिक मतले जित दिलाउने तयारी गर्न आग्ह गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री देउवाले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक व्यवस्था मिलाएको बताएका छन्। ‘स्थानीय निर्वाचन सफलताका साथ सम्पन्न भएको छ,’ देउवाले भने, ‘आगामी निर्वाचनलाई पनि निष्पक्ष र भयरहित वातावरणमा आगामी निर्वाचन गराउन कांग्रेस नेतृत्वको सरकारले आवश्यक व्यवस्था मिलाएको छ ।’
सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको देउवाले जिकिर गरे। उनले भने, ‘आवश्यक बजेट छुट्टाएर स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको निर्माण र स्वास्थ्य जनशक्तिको विकासका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।’
प्रधानमन्त्री देउवाले मुलुकको विकासमा महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी सेवा गर्ने स्वास्थ्यकर्मीको ठूलो योगदान हुने बताए। उनले स्वास्थ्य सेवा महँगो हुँदा जनताले समयमा नै उपचार नपाई कष्कटर जीवन बिताउनु पर्ने उल्लेख गर्दै स्वास्थ्य सेवा सस्तो र सुलभ बनाउन आवश्यक भएको बताए।
कार्यक्रममा कांग्रेस नेता शेखर कोइराला, कांग्रेस उपसभापति धनराज गुरुङ पनि सहभागी थिए।











