Kathmandu Press

भारतमा बस दुर्घटना : मृत्यु भएका चारमध्ये तीनजनाकाे सनाखत

रुपैडिहा नाकाबाट नेपाली मजदुरहरू बोकेर भारतकाे गोवा जाँदै गरेको युपी९३बिटी ९९४४ नम्बरको बस बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा चारजनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे हाे।
भारतमा बस दुर्घटना : मृत्यु भएका चारमध्ये तीनजनाकाे सनाखत

काठमाडाैं, भदाै १८ : भारतको बराबंकी जिल्लामा शनिबार बिहान भएको सवारी दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

भारतीय प्रहरीका अनुसार मृत्यु हुने चार नेपालीमा दाङ बेलतापुरका ४० वर्षीय चक्रबहादुर वली, राप्ती सोनवारी विनोना वनका २५ वर्षीय प्रेम थारू, सोही ठाउँका २२ वर्षीय शीतल थारू र सनाखत हुन बाँकी एकजना रहेको जनाइएको छ।

घाइते हुनेमा १९ वर्षीय सुनिल थारु, १८ वर्षीय अमृत गिरी, १८ वर्षीय हरि याेगी, १८ वर्षीय सन्तोष बुढा मगर, १५ वर्षीय विजय थारु, ३८ वर्षीया मनमती कौर, १६ वर्षीय मनोज गिरी, कालीबहादुर बिसराना, ३५ वर्षीय पदमा रोमा, राहु धाबीकाे बाराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गम्भीर घाइते हुनेमा प्रेमबहादुर थारु (४५ वर्ष), दाङका कृष्णा (२८ वर्ष), रुकुमका कालीबहादुर पुन, बारबर्दियाकी रीताकुमारी थारु (३५ वर्ष) अमरबहादुर थारु (२४ वर्ष) र चन्द्रबहादुर (५५ वर्ष) काे लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेकाे जनाइएकाे छ। घाइते अन्यकाे पहिचान खुल्न बाँकी रहेकाे जनाइउकाे छ।

रुपैडिहा नाकाबाट नेपाली मजदुरहरू बोकेर भारतकाे गोवा जाँदै गरेको युपी९३बिटी ९९४४ नम्बरको बसलाई तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा चारजनाकाे ज्यान जानेगरी दुर्घटना भएकाे हाे। उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर क्षेत्रमा टायर पन्चर भएपछि सडक छेउमा रोकेर टायर फेर्दै गरिएको अवस्थामा पछाडिबाट ट्रकले ठक्कर दिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

 

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्