भारतको बराबंकीमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु, २४ जना घाइते
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
काठमाडौं, भदौ १८ : भारतको बराबंकी जिल्लामा शनिबार बिहान भएको सवारी दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ।
रोकिराखेको एक बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा २४ जना घाइते भएको र घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। उनीहरूको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

करिब ६० जना नेपाली मजदुर बोकेर गोवा जाँदै गरेकाे युपी९३बिटी ९९४४ नम्बरको डबल सिटे बस उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर क्षेत्रम टायर पन्चर भएपछि सडक छेउमा रोकेर टायर फेर्दै गरिएको अवस्थामा पछाडबिाट ट्रकले ठक्कर दिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
घाइतेको बराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते ६ जनाको लखनऊ ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय बराबंकीका वरिष्ठ प्रहरी अधिकृति पुर्णेन्दू सिंहले बतद्धाएका छन्। उनका अनुसार सुरक्षित रहेका यात्रुलाई नेपाल फार्काउने तयारी भइरहेको छ।












