Kathmandu Press

अस्ट्रेलियामाथि जिम्बाबेको ऐतिहासिक जित

काठमाडाैं, भदाै १८ : अस्ट्रेलिया भ्रमणमा रहेको जिम्बाबेले घरेलु टोलीविरुद्ध ऐतिहासिक जित निकालेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध पहिलो जित निकाल्ले क्रममा एकदिवसीय...
अस्ट्रेलियामाथि जिम्बाबेको ऐतिहासिक जित

काठमाडाैं, भदाै १८ : अस्ट्रेलिया भ्रमणमा रहेको जिम्बाबेले घरेलु टोलीविरुद्ध ऐतिहासिक जित निकालेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध पहिलो जित निकाल्ले क्रममा एकदिवसीय सिरिजको अन्तिम खेलमा जिम्बाबे ३ विकेटले विजयी भयो।

यो जितका बाबजुद ३ खेलको सिरिज जिम्बाबेले २–१ले गुमाएको छ। यसअघिका दुई खेलमा अस्ट्रेलियाले सहज जित निकालेको थियो।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १४२ रनको लक्ष्य जिम्बाबेले ३९ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। उसका लागि कप्तान रिग्स चाकावाले सर्वाधिक ३७ रन बनाउँदा टाडिवान्से मारुमानीले ३५ रनको योगदान दिए ।

अस्ट्रेलियाका जोश हेजलउडले ३ तथा मिचेल स्टार्क, क्यामरुन ग्रीन, मार्कस स्टाइनिस र एस्टोन अगरले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ३१ ओभरमै १४१ रनमा अलआउट भयो । उसका लागि ओपनर डेभिड वार्नर बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। वार्नरले ९६ बलमा १४ चौका र २ छक्का प्रहार गर्दै ९४ रन बनाउँदा ग्लेन म्याक्सवेलले १९ रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

अस्ट्रेलियाको इनिङ धरासायी बनाउने क्रममा जिम्मबाबेका स्पिनर रायन बुर्लले घातक बलिङ गरे। उनले  ओभरमा १० रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै ब्राड इभान्सले २ विकेट लिए।

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्