Kathmandu Press

‘विकास र समृद्धि नै मेरो संकल्प हो’

चितवन, भदौ १० : नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विकास र समृद्धि नै आफ्नो संकल्प भएको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न...
‘विकास र समृद्धि नै मेरो संकल्प हो’
तस्बिर : रासस

चितवन, भदौ १० : नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विकास र समृद्धि नै आफ्नो संकल्प भएको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शिलान्यास गर्दै प्रचण्डले विकास र समृद्धिको संकल्पमा जनताको साथ रहने विश्वास व्यक्त गरे।

‘जनताको चाहना विकास र समृद्धि नै हो,’ उनले भने, ‘सँगै शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना पनि जनतामा छ, त्यो पुरा गर्नु मेरो संकल्प हो।’ अध्यक्ष प्रचण्डले भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने बताए।

सो अवसरमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरिन्। यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

भरतपुर बाइपास सडकको पुरै र छ लेनको पुलचोकबाट केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने छ ।

प्रकाशित मिति: ११:५६ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्