Kathmandu Press

पाकिस्तान एसिया कपको सुपर ४ मा

काठमडाैं, भदाै १८ : पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। शुक्रबार राति सारजाहमा भएको खेलमा हङकङमाथि १५५ रनको फराकिलो जित निकाल्दै...
पाकिस्तान एसिया कपको सुपर ४ मा

काठमडाैं, भदाै १८ : पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। शुक्रबार राति सारजाहमा भएको खेलमा हङकङमाथि १५५ रनको फराकिलो जित निकाल्दै पाकिस्तान सुपर ४मा पुगेको हो।

योसँगै सुपर चारको समीकरण पनि पुरा भएको छ। समूह एबाट भारत समूह विजेता र पाकिस्तान उपविजेतासहित सुपर ४मा पुग्दा समूह बीबाट अफगानिस्तान समूह विजता र श्रीलंका उपविजताका रुपमा सुपर ४ पुगेका छन्।

अब सुपर चारमा प्रत्येक टिमले आपसमा खेल्ने छन्। र, शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।

पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको १९४ रनको विशाल लक्ष्य पछ्याएको हङहङ १०.४ ओभरमा ३८ रनमै अलआउट भयो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

कप्तान निजाकट खानले सर्वाधिक ८ रन बनाएका थिए। १६ रनमा पहिलो विकेट गुमाएको हङकङ थप २२ रन जोड्दा ९ विकेट गुमाएको थियो।

हङकङको इनिङ ध्वस्त बनाउने क्रममा पाकिस्तानका स्पिनरद्वय शादब खान ४ तथा मोहमद नजाव ३ विकेट लिए। यस्तै, नसिम शाहले २ र शहनावाज दाहनीले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १९३ रन बनाएको थियो । उसका मोहम्मद रिजवानले अविजित ७८ र फकर जमानले ५३ रन बनाए । हङकङका लागि दुवै विकेट एहशान खानले लिए ।

सुपर फोरको पहिलो खेल शनिबार अफगानिस्तान र श्रीलंकाबीच हुनेछ।

 

प्रकाशित मिति: ११:०७ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्