पूर्वगर्भनर चिरञ्जिवी नेपाल पाल्पा क्षेत्र नं.२ बाट सिफारिस
पाल्पा, भदाै १८ : पूर्वभर्गरन चिरञ्जिवी नेपाल पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफरिस भएका छन्।नेपाली कांग्रेस पाल्पाले क्षेत्र नं. २...
पाल्पा, भदाै १८ : पूर्वभर्गरन चिरञ्जिवी नेपाल पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफरिस भएका छन्।
नेपाली कांग्रेस पाल्पाले क्षेत्र नं. २ बाट नेपालसहित प्रत्यक्षतर्फ नै वीरबहादुर राना, हरिप्रसाद नेपालको नाम पनि सिफारिस गरेको छ।
सोही क्षेत्रबाट समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ। जसमा विधान श्रेष्ठ, राजनप्रसाद पन्त, लालकुमारी राना, शोभा शाक्य, सिता नेपाल, महेश्वरी कुवँर र जमिला मिया छन् ।
प्रदेशसभा तर्फ २ (क)मा प्रत्यक्ष तर्फ कृष्णप्रसाद बस्याल, विधानप्रसाद श्रेष्ठ, माधवप्रसाद नेपाल, शान्ता बोहोरा र कृष्णबहादुर आले सिफारिस हुँदा २ (ख)मा पूर्व डिआईजी रामबहादुर कार्की, रामबहादुर कार्की र महेन्द्रप्रसाद पाण्डे सिफारिस भएका छन् ।
यसैगरी समानुपातिक तर्फ २ (क)बाट १४ र २ (ख)बाट ७ जनाको नाम सिफारिस भएको छ।
प्रकाशित मिति: १०:२५ बजे, शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











