Kathmandu Press

उदयपुर हत्यामा संलग्न एक जना पक्राउ [अपडेट]

उदयपुर हत्यामा संलग्न एक जना पक्राउ [अपडेट]

काठमाडाैं, भदाै १७ : उदयपुरमा एकै परिवारका तीन जनाकाे हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ४० वर्षीय नरबहादुर बस्नेत रहेका छन।

प्रहरीले जिल्लाको बेलका नगरपालिका-७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षीय छोरा सुजनको हत्या आरोपमा नरबहादुरलाई पक्राउ गरेकाे हाे।

नरबहादुर नाताले राजकुमारका दाइ हुन्।

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ।

प्रकाशित मिति: २०:५० बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्