आसिफको शतकमा केन्यामाथि नेपलाको सहज जित
काठमाडाैं, भदाै १७ : केन्याविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ। ओपनर आसिफ सेखको शतकीय योगदान मद्दतमा नेपालले घरेलु टोली....jpg)
काठमाडाैं, भदाै १७ : केन्याविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ। ओपनर आसिफ सेखको शतकीय योगदान मद्दतमा नेपालले घरेलु टोली केन्यामाथि ७ विकेटको सहज जित निकालेका हो।
नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै केन्याले २१९ रनको मध्यम नेपालले लक्ष्य ४७.२ ओभरमा ३ विकेट गुमाएर भेट्टयो।
नेपालको जितमा आसिफले उनले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रनको इनिङ खेले । यस्तै, अर्जुन साउदले ६१ रन बनाए। यी दुईले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए।
यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल २४ रनमा आउट र्भए भने दीपेन्द्रसिंह ऐरी १५ र कप्तान रोहितकुमार पौडेल ३ रनमा नटआउट रहे। केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले समान १ विकेट लिए।
त्यसपछि पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ४८.१ ओभरमा २१८ रनमा अलआउट भयो। सुरुआती १३ ओभरमै ४ विकेट गुमाएको केन्याका लागि राकेप पटेल र कोलिन्स ओबुयाले पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेपछि उसले मध्यम योगफल बनाएको थियो। राकेप र ओबुयाले पाँचौं विकेटका लागि १३० रनको साझेदारी गरेका थिए।
राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाउँदा ओबुयाले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको योगदान दिए। यस्तै, इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन बनाए।
नेपालका करण केसी र सोमपाल कामीले समान ३ विकेट लिँदा पवन सर्राफ र अदिल आलमले समान १ विकेट लिए।











