धादिङ–१ मा माओवादीबाट प्रतिनिधि सभातर्फ जम्मकट्टेल, प्रदेशमा सुबाेध सिफारिस
काठमाडौं, भदौ १७ : नेकपा माओवादी केन्द्रले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि शालिकराम जम्मकट्टेलाई सिफारिस गरेको छ । शुक्रबार माओवादी...
काठमाडौं, भदौ १७ : नेकपा माओवादी केन्द्रले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि शालिकराम जम्मकट्टेलाई सिफारिस गरेको छ ।
शुक्रबार माओवादी केन्द्र धादिङ निर्वाचन क्षेत्र नम्बर १ र २ को संयुक्त बैठकले जम्मकट्टेललाई प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो ।
क्षेत्र नम्बर १ (क)मा प्रदेशसभा सदस्यका लागि दिपक लामिछाने (सुवोध) लाई सिफारिस गरेको छ । त्यस्तै संघीय समानुपातिक सदस्यका लागि राजन रेग्मीर्लाइ सिफारिस गरिएको नेकपा माअोवादी केन्द्र धादिङका एक नेताले जानकारी दिए ।
प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











