उदयपुरमा एकै परिवारका तीन जनाकाे हत्या
काठमाडाैं, भदाै १७ : उदयपुरकाे बेलका नगरपालिका–७, मा एकै परिवारका तीन जनाको हत्या भएको छ।शुक्रबार राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको खुकुरी हानी...
काठमाडाैं, भदाै १७ : उदयपुरकाे बेलका नगरपालिका–७, मा एकै परिवारका तीन जनाको हत्या भएको छ।
शुक्रबार राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको खुकुरी हानी हत्या भएकाे अवस्थामा शव फेला परेकाे हाे।
नगरपालिकाको विकट क्षेत्रमा घटनास्थल रहेकाे छ। घटना बिहान ११ बजे तिर भएकाे प्रहरीले जनाएकाे छ। घटनास्थलमा टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएकोले सबैलाई खुकुरी हानिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार प्रहरीले नाताभित्रै पर्ने एक व्यक्तिलाई हत्याकाे आशंकामा पक्राउ गरेकाे छ।
प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











