Kathmandu Press

अफताव आलमलाई उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टोक्ति 

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका मोहम्मद अफताव आलमलाई कुनैपनि हालतमा पार्टीले उम्मेदवार नबनाउने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित...
अफताव आलमलाई उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टोक्ति 

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका मोहम्मद अफताव आलमलाई कुनैपनि हालतमा पार्टीले उम्मेदवार नबनाउने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नैतिक रुपमा प्रश्न उठेका र संविधानले बर्जित गरेको निर्णय कांग्रेसबाट नहुने बताएका हुन् ।  

रौतहट क्षेत्र नम्बर २ कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि सर्वसम्मत रूपमा आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो। शुक्रबारको कार्यक्रममा एक वक्ताले इँटाभटामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसलाई उम्मेदवार बनाउन लागेको भन्दै आलोचना गरेका थिए । जवाफमा महामन्त्री थापाले पार्टीको केन्द्रले त्यस्तो कुनैपनि निर्णय नगर्ने बताए। 

‘संविधान र विधानले बर्जित गरेको मात्र होइन नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर हो यो निर्णय मैले र हामीले गरेको भन्न नसक्ने निर्णय हाम्रो पार्टीले गर्दैन,’ महामन्त्री थापाले भने।

आलमलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ। उक्त अभियोगमा उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

आलम २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए।

प्रकाशित मिति: १७:५२ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्