कोरोनाका कारण थप तीनजनाको मृत्यु, नयाँ संक्रमित २०६ जना
काठमाडौं, भदौ १७ : पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ५ सय...
काठमाडौं, भदौ १७ : पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परीक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टिजेन परिक्षणका क्रममा ७२ जनामा कोरोना संंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोही अविधमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने थप ३ सय ९८ जना निको भएका छन्। हाल नेपालमा २ हजार ८ सय ८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











