Kathmandu Press

पहिलो एकदिवसीयमा नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य

पहिलो एकदिवसीयमा नेपाललाई केन्याले दियो २१९ रनको लक्ष्य

काठमाडाैं, भदाै १७ : केन्या भ्रमणमा रहेको नेपाली टिमले एकदिवसीय सिरिजको पहिलो खेलमा जितका लागि २१९ रनको लक्ष्य पाएको छ। शुक्रबार नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको केन्या ४८.१ ओभरमा २१८ रनमा अलआउट भएपछि नेपालले मध्यम लक्ष्य पाएको हो।

केन्याविरुद्ध नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरेको थियो। सुरुआती १३ ओभरमै ४ विकेट गुमाएको केन्याका लागि राकेप पटेल र कोलिन्स ओबुयाले पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेपछि उसले मध्यम योगफल बनाएको थियो। राकेप र ओबुयाले पाँचौं विकेटका लागि १३० रनको साझेदारी गरेका थिए।

राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाउँदा ओबुयाले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको योगदान दिए। यस्तै, इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन बनाए। 

नेपालका करण केसी र सोमपाल कामीले समान ३ विकेट लिँदा पवन सर्राफ र अदिल आलमले समान १ विकेट लिए। 

नेपाली टिमको नेतृत्व रोहितकुमार पौडेलले गरिरहेका छन्। टि–२० सिरिजलगत्तै नियमित कप्तान सन्दीप लामिछाने सिपिएल खेल्न वेस्टइन्डिज गएपछि एकदिवसीय सिरिजमा रोहितले कप्तानको जिम्मेवारी पाएका हुन्।

प्रकाशित मिति: १६:१९ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्