Kathmandu Press

इन्धनकाे मूल्यवृद्धिविरुद्ध आयल निगम कार्यालयमा धर्ना

काठमाडाैं, भदाै १७ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले...
इन्धनकाे मूल्यवृद्धिविरुद्ध आयल निगम कार्यालयमा धर्ना

काठमाडाैं, भदाै १७ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।

शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी गर्नुपर्ने भन्दै निगममा धर्ना दिएको हो।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नघटाउने तर बढ्दा मात्र बढाउने गरेको भन्दै उनीहरुले विरोध गरेका छन्। उनीहरुले मूल्यवृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर लगायतका नारा लगाएका छन्।

अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले जनताको ढाड सेकिने गरि मूल्यबृद्धि गरेको र संघर्षमा उत्रनुपरेको बताए। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा पर्ने असरबारे सरकार मौन रहेको उहाले आरोप लगाए।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै डिजेल र मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको थियो।  पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ। 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्