Kathmandu Press

आमसञ्चारलाई मर्यादित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

काठमाडाैं, भदाै १७ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारलाई स्वस्थ, प्रतिपर्धी, मर्यादित बनाउन र पत्रकारितामा पेसागत आचरण कायम गर्न मिडिया...
आमसञ्चारलाई मर्यादित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

काठमाडाैं, भदाै १७ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारलाई स्वस्थ, प्रतिपर्धी, मर्यादित बनाउन र पत्रकारितामा पेसागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन्।

मिडिया काउन्सिल विधेयक, २०७६ माथि पनि सैद्धान्तिक छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिदै उहाले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताएका हुन्।

उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै नेपाललाई प्रेस स्वतन्त्रताका क्षेत्रमा अग्रणी  मुलुकका रुपमा विकास गर्नुपर्ने बताए।

उनले साविकको प्रेस काउन्सीलको गतिविधिले पत्रकारिता क्षेत्रको सवै बिधालाई सम्बोधन गर्न नसक्ने भएकाले उक्त संस्थालाई प्रतिस्थापन गरि सूचना र सञ्चार क्षेत्रको प्रविधिमा भएको विकास तथा पत्रकारिताको क्षेत्रमा देखिएका नविन अभ्यास र चुनौतीलाई सम्बोधन गर्न मिडिया काउन्सिलसम्बन्धी बिधेयक ल्याएको धारणा राखे।

विधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवार अभ्यास बढ्ने, सञ्चारसंग सम्बन्धीत बिभिन्न पक्षबीचको गुनासालाई स्वनियमबाट सम्बोधन गर्न सकिने उनको भनाइ छ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।

त्यसअघि सांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएका थिए। प्रतिनिधि सभाको अर्को बैठक भदौ १९ गते आइतबार बोलाइएको छ। 

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्