Kathmandu Press

एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : पोखरेल

काठमाडाैं, भदाै १७ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका...
एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : पोखरेल

काठमाडाैं, भदाै १७ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताएका हुन्।

उनले आगामी निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षैत्र, राष्ट्रियता र देश बनाउनका लागि गरेका हिजो गरेका कामहरु सुरक्षित रहेको जिकिर गरे।

त्यस्तै पोखरेलले गठबन्धन सरकारले गरेका अपराधपूर्ण कामका बारेमा पनि जनतालाई सजक गराउने धारणा राखे।

उनले स्थानीय निर्वाचनमा जनताको लोकप्रीय मत प्राप्त गरेको देखाएको र कतिपय सिट उम्मेदवारी सम्बन्धी व्यवस्थापकीय कमजोरीले प्राप्त हुन नसकेको भन्दै एमालेलाई जनताले गर्ने समर्थन कमजोर नभएको दाबी गरे।

कार्यक्रममा पोखरेलले निष्पक्षढंगले सेवा प्रवाहमा ध्यान दिन कर्मचारीहरुलाई आग्रह गरे। 

प्रकाशित मिति: १५:२७ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्