Kathmandu Press

महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा : एन्फा

काठमाडाैं, भदाै १७ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सातादेखि काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको...
महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा : एन्फा

काठमाडाैं, भदाै १७ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सातादेखि काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २१ देखि असोज ३ गतेसम्म हुने साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। प्रतियोगिता संचालनका लागि अनुमानित कुल बजेट ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ।

प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिईएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भीआईपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनएको छ।प्रतियोगिताका लागि भुटान र पाकिस्तान नेपाल आईसकेको र अन्य टोली आइतबारसम्म आईपुग्ने प्रवक्ता शाहले बताए। 

त्यस्तै एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताका लागि नेपाली महिला टिमले पनि तयारी गरिरहेको र नेपालमा आएका अन्य देशका टिमले पनि अभ्यास गरिरहेको जानकारी दिए। उहाले प्रतियोगीताले महिला फुटबलमा नयाँ उचाई हासिल गर्ने जिकिर गरे।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। नेपाल समूह ’बी’ रहेको छ। नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ।

यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ। राउन्ड रोविनका आधारमा हुने समूह चरणपछि शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। उद्घाटन खेलमा भाद्र २१ गते नेपालले भुटानको सामना गर्ने एन्फाले जनाएको छ। 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्