Kathmandu Press

तनहुँ–२ मा कांग्रेसबाट पौडेल, वाग्ले र आले सिफारिस

तनहुँ, भदाै १७ : नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा उम्मेदवार सिफारिस गरेको...
तनहुँ–२ मा कांग्रेसबाट पौडेल, वाग्ले र आले सिफारिस

तनहुँ, भदाै १७ : नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सहमतिमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिले बिहीबार सहमतिमा उम्मेदवारको नाम टुङ्गो लगाई जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो । 

नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र र विधानले दिएको अधिकारमा रहेर बसेको क्षेत्रीय कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिको संयुक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ एक पुरुष तथा एक महिलाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति चूडामणि खनालले जानकारी दिए। 

प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य प्रदीप पौडेल, ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आले सिफारिस भएका छन् । समानुपातिकतर्फ पुरुषतर्फ क्षेत्रीय सचिव सन्तोष घिमिरे र महिलातर्फ नेपाल महिला सङ्घ जिल्ला उपसभापति चन्द्रकला भट्टराई सिफारिस भएका छन् । 

सम्भावित उम्मेदवारको नामावली सर्वसम्मत र पार्टीको वर्तमान मर्यादाक्रमअनुसार पठाइएको तथा पार्टीले यी नामभित्रबाट गर्ने निर्णयमा क्षेत्रीय समिति सहमत रहने निर्णय भएको खनालले बताए।

यसैगरी तनहुँ क्षेत्र नम्बर २ प्रदेश ९क० प्रदेश समितिले पनि उम्मेदवार सिफारिस गरेको छ। प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा आवेदन दर्ता गराएका उम्मेदवार सिफारिस गरी पठाइएको हो। 

प्रत्यक्षतर्फ प्रा डा कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस भएका छन्। 

समानुपातिकतर्फ खुलामा डिल्लीराम अधिकारी, रामबहादुर अधिकारी, सूर्यभक्त भण्डारी, श्यामबहादुर केसी, विष्णुहरि पाठक, जनजातितर्फ भक्तबहादुर श्रेष्ठ, भीमबहादुर थापा, जितराज राना, गोपीबहादुर गुरुङ, निरबहादुर पुन, श्यामकृष्ण मल्ल, हीराबहादुर थापा र चन्द्रबहादुर गुरुङ तथा महिलातर्फ लक्ष्मी सिग्देल, पवित्रा घिमिरे, विष्णु मल्ल, रसामाया गुरुङ, तारादेवी लम्साल अधिकारी र राधादेवी पौडेल सिफारिस भएका छन्। दलिततर्फ रामकृष्ण विक र विनबहादुर परियार, अल्पसङ्ख्यकतर्फ रोजिना खातुन सिफारिस भएका छन् । 

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्