नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएकाे निर्माण सामग्री हटाइयाे
काठमाडौं, भदाै १७ : काठमाडौं महानगरले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामग्री हटाएको छ।शुक्रबार महानगरको टोलीले डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा...
काठमाडौं, भदाै १७ : काठमाडौं महानगरले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा सडकमा राखिएका निर्माण सामग्री हटाएको छ।
शुक्रबार महानगरको टोलीले डोजर लिएर बानेश्वर क्षेत्रको सडकमा राखिएका बालुवा, गिट्टी लगायतका निर्माण सामग्री हटाएको हो।
सडकमा निर्माण सामाग्री नराख्न पटकपटक आग्रह गर्दा पनि नमानेपछि सामग्री हटाएर जफत गरिएको महानगरले जनाएको छ।
सडक छेउमा निर्माण सामग्री राख्दा ढल नै अवरुद्ध हुने गरेको देखिएको छ।
निर्माण गर्न लागिएका घरका लागि निर्माण सामग्री सडकमा राख्दा यातायात सञ्चालन तथा फुटपाथमा हिँडडुल गर्न कठिनाइ भएकाले महानगरले कारबाही गर्न थालेको हो।
प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











