तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान हुन सक्दैन : प्रधानमन्त्री देउवा
काठमाडाै., भदाै १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी, हडताल गरेर तथा पठनपाठन अवरुद्ध पारेर विश्वविद्यालयका समस्या समाधान हुन नसक्ने बताएका छन्।शुक्रबार काठमाडौंमा ६९ औँ...
काठमाडाै., भदाै १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी, हडताल गरेर तथा पठनपाठन अवरुद्ध पारेर विश्वविद्यालयका समस्या समाधान हुन नसक्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा ६९ औं वाणिज्य दिवसका अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्याको रचनात्मक हल पहिल्याउन सबै प्रतिबद्धत हुनुपर्ने पनि बताए।
शैक्षिक क्षेत्रमा देखिने समस्या समाधानका लागि बिद्यार्थी, प्राध्यापक लगाएत सरोकारवाला सवै गम्भीर हुनुपर्ने नको भनाइ छ।
प्रधानमन्त्री देउवाले गुणस्तरिय शिक्षा मुलुकको विकासका लागि सबैभन्दा महत्वपूर्ण आधारको विषय भएको भन्दै नेपालको शिक्षा क्षेत्रलाई विश्वबजारमा प्रतिपर्धा गर्ने किसिमको बनाउनुपर्ने धारणा राखे।
उनले व्यवस्थापन शिक्षाका लागि ठाउँ अभाव भएको विषयमा क्याम्पसलाई आवश्यक जग्गा उपलब्ध गराउने जिकिर गरे।
त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयका देखिने समस्याहरुलाई छलफलबाटै समाधान गर्नुपर्ने बताए। उनले विषयगत क्याम्पसको क्षमता र गुणस्तरलाई बढाउन सरकार प्रद्धिबद्ध रहेको धारणा राखे।
कार्यक्रममा क्याम्पसको नवनिर्मित नयाँ भवनको समेत उद्घाटन गरिएको थियो।











