काठमाडौं–९ मा कांग्रेसबाट ६ जनाको नाम सिफारिस

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा प्रत्यक्षतर्फ उम्मेदवार बन्न ६ जनाको नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्रीय समितिले शुक्रबार दुई केन्द्रीय सदस्यसहित ६ जनाको नाम सिफारिस गरेको हो ।
केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित र नानु बास्तोला, क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिहरु धर्मराज गौतम, तिर्थराम डंगोल र गौरीप्रसाद दवाडीको नाम सिफारिस गरिएको छ ।
क्षेत्रीय समितिको बैठकले सदस्य किरण गिरी, दामोदर गौतम, बासु कार्की र बन्दना खड्कालाई समानुपातिक तर्फ सिफारिस गरेको छ ।
प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











