Kathmandu Press

ललितपुरमा सडकपेटी मिचेर बनाइएका संरचना हटाउन सुरू

ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरू गरिएको जानकारी दिए।
ललितपुरमा सडकपेटी मिचेर बनाइएका संरचना हटाउन सुरू

ललितपुर, भदाै १७ : ललितपुर महानगरपालिकाले फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरू गरेको छ।

शुक्रबार महानगरले ललितपुरको लगनखेलस्थित  महानगरकै भवनमा रहेको एक होटलले नियमविपरीत बनाएको संरचना हटाएको हो।

सो क्रममा महागरले फुटपाथमा व्यापार नगर्न आग्रह गरेको छ। ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले फुटपाथ मिचेर बनाइएका संरचना हटाउन आफ्नै मातहतको कार्यालयबाट सुरू गरिएको जानकारी दिए।

महानगरभित्र अनधिकृत रूपमा बनेका संरचनामा व्यापार व्यवसाय गर्नेहरूलाई भने दसैंपछि हटाउने र सूचना जारीसमेत भइसकेको उनले बताए।

अनधिकृत संरचना कसैले अटेर गरी नहटाएको पाइएमा प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनको भनाइ छ। 

हाछेथुले अहिले नै महानगरभित्र डोजर लगाउने अवस्था नरहेको र महानगरले दिएको समयमा व्यवसायीहरू आफैले अनाधिकृत संरचना हटाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्