कांग्रेस नेता निधि विमलेन्द्र निधि समानुपातिकमा सिफारिस
काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि समानुपातिक उम्मेदवार बन्ने भएका छन् ।धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको...
काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि समानुपातिक उम्मेदवार बन्ने भएका छन् ।
धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको हो । उनी अघिल्लो निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।
यसपटक पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधि समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेका थिए ।
राजेन्द्र महतोले आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका थिए । तर कहाँबाट चुनाव लड्ने भन्ने निर्णय गरिसकेका छैनन्।
प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











