Kathmandu Press

एकीकृत समाजवादीसँगको पार्टी एकता प्रक्रिया अगाडि बढेको छ : प्रचण्ड 

‘समाजवादीसँग एकताको तयारी पनि गर्दैछौं । केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ । त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइरहेको छ।’ 
एकीकृत समाजवादीसँगको पार्टी एकता प्रक्रिया अगाडि बढेको छ : प्रचण्ड 

काठमाडौं, भदौ १७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको बताएका छन्।

शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले एकीकृत समाजवादीसँग एकताका लागि चाँडै नै पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताएका हुन् । 

उनले मंसिर ४ को संसदीय निर्वाचनमा एकीकृत समाजवादीसँग  एउटै घोषणापत्र बनाएर जाने गरी छलफल भइरहेको जानकारी दिएका छन् । तर, चुनाव चिह्न भने आ–आफ्नै हुने उनले बताए । 

‘समाजवादीसँग एकताको तयारी पनि गर्दैछौं । केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ । त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइरहेको छ,’ प्रचण्डले भने । 

उनले एमालेसँग भने तत्काल सहकार्य हुने सम्भावना नरहेको बताए । ‘एमालेले प्रतिनिधि सभा विघटन र प्रतिगमनका विषयमा समीक्षा नगरेसम्म सहकार्यको सम्भावना छैन,’ उनले भने । 

पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले सिट बाँडफाँटको विषयमा गठबन्धनभित्र त्यति धेरै असहमति नभएको पनि बताउँदै चाँडै नै टुंगिने बताए । 
 

प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्