Kathmandu Press

रोहितको कप्तानीमा केन्यासँग भिड्दै नेपाल

काठमाडाैं, भदाै १७ : नेपाल र केन्याबीचको एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। नैरबीस्थित जिमखान क्रिकेट मैदानमा नेपाली टिको नेतृत्व रोहितकुमार पौडेलले गर्ने छन्।नियमिति...
रोहितको कप्तानीमा केन्यासँग भिड्दै नेपाल

काठमाडाैं, भदाै १७ : नेपाल र केन्याबीचको एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। नैरबीस्थित जिमखान क्रिकेट मैदानमा नेपाली टिको नेतृत्व रोहितकुमार पौडेलले गर्ने छन्।

नियमिति कप्तान सन्दीप लामिछाने केन्याविरुद्धको टि–२० सिरिजलगत्तै उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्टइन्डिज प्रस्थान गरेकाले रोहितले कप्तानी गर्ने अवसर पाएका हुन्। उनले पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन्।

एकदिवसीय सिरिजको पहिलो खेल जिमखाना मैदानमा मध्यान्ह १२ः४५ बजे सुरू हुनेछ। यो खेलले एकदिवसीय मान्यता भने पाउने छैन।

केन्याविरुद्ध टि–२० सिरिज जितेका नेपाली टिम जितको मानसिकताका साथ मैदान उत्रने छ। तर, केन्याविरुद्ध नेपाल सचेत भने हुनुपर्नेछ। एकदिवसीय मान्यता नपाएकाले सिरिजलाई ब्याटिङ सुधारमा केन्द्रित गर्न सक्नेछ। खेलामा नेपाललाई विकेटटेरक बलर सन्दीपको अभाव भने खड्कने छ।

तीन खेलको सिरिजका अन्य दुई खेल शनिबार र सोमबार हुनेछ।

त्यसअघि भएको पाँच खेलको टि–२० सिरिज नेपालले ३–२ ले जितेको थियो । सिरिज जिते पनि नेपालको टि–२० वरीयता दुई स्थान तल झरेको छ।

 

प्रकाशित मिति: १०:३४ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्