Kathmandu Press

लेस्टर सिटीमाथि युनाइटेडको जित

काठमाडाैं, भदाै १७ : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित हात पारेको छ। लिगका सुरुआती दुई खेल हारेको युनाइटेडले त्यसपछिका लगातार...
लेस्टर सिटीमाथि युनाइटेडको जित

काठमाडाैं, भदाै १७ : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित हात पारेको छ। लिगका सुरुआती दुई खेल हारेको युनाइटेडले त्यसपछिका लगातार तीन खेलमा जित निकालेको छ।

लगातार तेस्रो जित निकाल्ने क्रममा युनाइटेडले बिहीबार राति लेस्टर सिटीमाथि १–०को जित निकाल्यो । यसअघि उसले लिभरपुललाई २–१ र साउथह्याम्पटनलाई १–०ले हराएको थियो।

युनाइटेडको जितमा २३ औं मिनेटमा जाडोन सान्चोको निर्णायक गोल गरे। उनले मार्कस रासफोर्डको पासलाई सदुपयोग गरेका थिए ।

जितसँगै युनाइटेड पाँच खेलबाट ९ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। लेस्टर भने १ अंकसहित तालिकाको पुछारमा छ।

प्रकाशित मिति: १०:०८ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्