Kathmandu Press

गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति : प्रधानमन्त्री देउवा 

काठमाडौं, भदौं १६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति...
गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति : प्रधानमन्त्री देउवा 

काठमाडौं, भदौं १६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन् । 

कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको १३ औँ दिनको पुण्य तिथिमा बिहीबार काठमाडौंमा आयोजित शोकसभामा उहाले गिरीको विचार र उनका कृतिलाई अध्ययन र अनुसरण गर्न सकेका खण्डमा समाजवादी आन्दोलनलाई ठूलो सहयोग पुग्ने बताए । गिरीको कृति पढेर त्यसलाई अनुसरण गरेमा समाजवादी आन्दोलनलाई धेरै ठूलो सहयोग पुग्ने उनले बताए । 

उनले बिपी कोइरालापछि गिरी नै भएको र प्रजातान्त्रिक समाजवादप्रति गहिरो ज्ञान भएको व्यक्ति भएको धारणा राखे । त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तालाई कहिल्यै राजनीतिक स्वार्थका रुपमा नलिने गिरी आफू सत्तामा नरहे पनि देशमा सुशासन, नवनिर्माण र उन्नतिमा गहिरो चिन्तन राख्ने व्यक्ति भएको बताए  । 

त्यस्तै महामन्त्री गगनकुमार थापाले गिरीको निधनले पार्टी तथा देशलाई अपूरणीय क्षति पुगेको भन्दै उहाँको दर्शन, विचारलाई जीवन्त राख्न विशेष ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्