Kathmandu Press

मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिको धर्ना

काठमाडौं, भदौ १६  : मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले काठमाडौंको माइतिघरदेखि बालुवाटारसंग मार्चपास गरेका छन् । काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न...
मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिको धर्ना

काठमाडौं, भदौ १६  : मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले काठमाडौंको माइतिघरदेखि बालुवाटारसंग मार्चपास गरेका छन् । 

काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले बिहीबार मार्चपास गरेका हो । सो क्रममा उनीहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका हुन् । 

साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् । आन्दोलनलाई बृहत् नागरिक आन्दोलनको तर्फबाट बिभिन्न व्यक्तिहरुले समेत साथ दिएका छन् ।  

प्रदर्शनका क्रममा उनीहरुले बन्धक खारेज गर, छिनुवा पास फिर्ता गर, जाली तमसुक मान्दैनौँ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्