Kathmandu Press

कैलाली–५ बाट आरजु राणा एकल उम्मेदवार सिफारिस

काठमाडाैं, भदाै १६ : नेपाली कांग्रेसले डाक्टर आरजु राणा देउवालाई कैलाली–५ बाट आगामी संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।राणाको एकल नाम प्रदेश...
कैलाली–५ बाट आरजु राणा एकल उम्मेदवार सिफारिस

काठमाडाैं, भदाै १६ : नेपाली कांग्रेसले डाक्टर आरजु राणा देउवालाई कैलाली–५ बाट आगामी संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

राणाको एकल नाम प्रदेश कार्यसमितिले बिहीबार सर्वसम्मतिले  संघीय निर्वाचनको उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

त्यस्तै, समावेशी समानुपतिकतर्फ भने १३ जनाको नाम सिफारिस गरिएको छ।

समानुपातिकका लागि सिफारिस हुनेहरूमा प्रदेश महामन्त्री रहेका नरनारायण शाह मनु, वर्तमान प्रदेशसभा सदस्य तथा राज्यमन्त्री रहेका टेक बहादुर रैका, केन्द्रीय सदस्य तथा पूर्व मेयर नृप वड, केन्द्रीय सदस्य तथा पूर्व उपमेयर शुशीला मिश्र भट्ट लगायत छन्।

यस्तै, नृप सुनार, मनिराम देवल र पुष्पा भट्ट पनि समावेशी कोटाका लागि सिफारिसमा परेका छन्।

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्