इश्वर पोखरेल काठमाडौं–५ बाट सर्वसम्मत, ४ बाट राजन भट्टराई सिफारिस
काठमाडौं, भदौ १६ : नेकपा एमालेले आगामी संसदीय निर्वाचनका लागि काठमाडौंबाट चुनाव लड्ने उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । कुल १० क्षेत्र रहेको काठमाडौंमा...
काठमाडौं, भदौ १६ : नेकपा एमालेले आगामी संसदीय निर्वाचनका लागि काठमाडौंबाट चुनाव लड्ने उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । कुल १० क्षेत्र रहेको काठमाडौंमा एमालेले ५ उम्मेदवार सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने निश्चित भएको छ । उक्त क्षेत्रबाट एमालेले उनलाई सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै केपी शर्मा ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका राजन भट्टराई काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस भएका छन् ।
एमालेले क्षेत्र नम्बर २, ३ र ८ मा पनि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । २ मा मणिराम फुयाँल, ३ मा कृष्ण राई र ८ मा राजेश शाक्यको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
अन्य क्षेत्रबाट भने एकभन्दा बढी उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस भएका छन्।
क्षेत्र नम्बर ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर ७ बाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरेको नाम सिफारिस भएको छ भने विद्यासुन्दर शाक्य, रघुजी पन्तको नाममा छलफल भएको थियो।
र क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र नवराज भट्टको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जनको नाम सिफारिस भएको छ।
एमालेको क्षेत्रीय कमिटीले पठाएको नाम जिल्ला कमिटीबाट प्रदेश हुँदै केन्द्रसम्म आइपुग्छ।











