Kathmandu Press

भारतबाट बढेर आयो इन्धनको मूल्य 

काठमाडौं, भदौ १६ : भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपाललाई इन्धनको मूल्य बढाएर पठाएको छ । बिहीबार आइओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर...
भारतबाट बढेर आयो इन्धनको मूल्य 

काठमाडौं, भदौ १६ : भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपाललाई इन्धनको मूल्य बढाएर पठाएको छ । 

बिहीबार आइओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ४० पैसा र डिजलमा ६ रुपैयाँ १२ पैसाले बढाएको हो । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । 

नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।

यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भएपनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगमको बैठकले निर्णय गर्न सक्ने निगमले जानकारी  दिएको छ। 

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्