थप २६९ जनामा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौं, भदौ १६ : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा २६९ जनामा कोरोना संक्रमण पुिष्ट भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार...
काठमाडौं, भदौ १६ : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा २६९ जनामा कोरोना संक्रमण पुिष्ट भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ५५७ जनामा परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्य १ हजार ७३२ जनामा पीसीआर परीक्षण गर्दा १८० र १ हजार ८२५ जनामा एन्टीजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा २१५ जना कारोनामुक्त भएका छन् भने एकजनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ९७ हजार ५२६ र एन्टीजेनतर्फ १ लाख ५० हजार ७०१ पुगेको छ । तीमध्ये ९ लाख ८२ हजार ३६६ जना निको भइसकेका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म १२ हजार २ जनाको मृत्यु भएको छ । बिहीबारसम्म देशभर ३ हजार १५८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











