Kathmandu Press

लौरो अभियानले सार्वजनिक गर्‍याे उम्मेदवार, को कहाँबाट चुनाव लड्ने ? 

काठमाडौं, भदौ १६ : आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेका समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ। बिहीबार ललितपुरको हेरिटेज...
लौरो अभियानले सार्वजनिक गर्‍याे उम्मेदवार, को कहाँबाट चुनाव लड्ने ? 

काठमाडौं, भदौ १६ : आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेका समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ। 

बिहीबार ललितपुरको हेरिटेज गार्डेनमा एक समारोहका बीच अभियानको घोषणा गरिएको हो। सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरुसमेत सार्वजनिक गरिएको छ। 
 
जसअनुसार काठमाडौं –५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । त्यस्तै भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ।

सायमी यसअघि वैशाख ३० को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा लडेका थिए । उनले आँखीझ्याल चुनाव चिन्ह पाएका थिए । बालेनसँगको प्रतिस्पर्धामा लोकप्रिय मत ल्याएका सायमी बालेनको विजयी र्‍यालीमा सहभागी भएका थिए ।

 

प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्