Kathmandu Press

वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होडिङ बोर्ड महानगरले बन्द गरायो

काठमाडौं, भदौ १६ : त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होडिङ बोर्ड बन्द गराएको ।  बिहीबार काठमाडौं महानगरपालिकाले उक्त होर्डिङ बोर्डं बन्द गराएको हो । वर्ल्ड...
वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होडिङ बोर्ड महानगरले बन्द गरायो

काठमाडौं, भदौ १६ : त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होडिङ बोर्ड बन्द गराएको ।  बिहीबार काठमाडौं महानगरपालिकाले उक्त होर्डिङ बोर्डं बन्द गराएको हो । 

वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको कारण  डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जानकारी दिएको छ। 

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन थालेको हो ।

महानगरले मापदण्ड विपरीत राखिएका रक्सी, चुरोड र गाडीलगायतको विज्ञापन महानगरले बन्द गराइने बताएको छ।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्