Kathmandu Press

नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौं, भदौ १६ : विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका...
नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौं, भदौ १६ : विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ । 

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका जेयष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता बिधेयक सम्बन्धी प्रतिवेदन पेश गरेका हुन्। समितिमा उक्त बिधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो । 

बिधेयकमा सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री, कानून मन्त्रालय लगाएत सवै सरोकारवालाहरुसंग छलफल गरेको मिश्रले जानकारी दिए। 

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेश गरेका थिए। 

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्