Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा

काठमाडाैं, भदाै १६ : सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले कैलालीका पूर्वअध्यक्ष समेत...
सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा

काठमाडाैं, भदाै १६ : सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले कैलालीका पूर्वअध्यक्ष समेत रहेका थापालाई अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टीमा स्वागत गराएक हुन्।

थापासँगै त्यस्तै एमालेका पूर्वसांसद हिमाञ्चल भट्टराईलगायतका नेता तथा कार्यकर्ताहरु पनि नागरिक पार्टीमा प्रवेश गरेका छन्।

नागरिक पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाले जनताको भाग्य र भविष्य बदल्नको लागि एमालेले केही पनि गर्न नसकेको आरोप लगाए। उनले संघीयता नमान्ने र अखण्ड सुदूरपश्चिम भन्ने दुई नेता एमालेमा रहेको बताए।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जनताको आवश्यकता अनुसार नीति निर्माण गर्न संगठित भएको बताए। उनले छिटै आफ्नो पार्टीलाई देशव्यापी बनाउने दाबी गरे।

यसअघि रञ्जिताले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट रेशम चौधरी निर्वाचित भए। रञ्जिता रेशमकी पत्नी हुन्।

टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम भने कारागारमा छन्। 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्