झापा–२ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस
काठमाडौं, भदौ १६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मवत रुपमा उम्मेदवार सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय...
काठमाडौं, भदौ १६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मवत रुपमा उम्मेदवार सिफारिस भएका छन् ।
बिहीबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई सर्वसम्मत रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । कांग्रेसले भदौ २० सम्म आकांक्षी उम्मेदवारको नाम पठाउन आग्रह गरेको छ । सोही अनुरुप झापा–२ बाट शर्माको मात्रै नाम आएको हो ।
शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए। २०७४ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी भएका थिए।
नेकपा एमालेबाट यो क्षेत्रमा रवीन कोइराला दाबेदार छन्। कोइरालाले २०७० को चुनावमा शर्मालाई हराएका थिए।
प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











