निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु
काठमाडौं, भदौ १६ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । महाभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो...
काठमाडौं, भदौ १६ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।
महाभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि जबरासँग बयान लिएको थियो । बयानका क्रममा जबराले न्यायाधीशहरुमाथि संगीन आरोप लगाएका थिए ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा पनि न्यायाधीशहरुले स्वार्थका आधारमा आ–आफ्नो धारणा बनाएको र आफूलाई अप्ठ्यारोमा पारेको हुँदा फैसला पनि सोही अनुसारको आएको बताएका थिए ।
त्यस्तै न्यायाधीशहरु हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र दीपककुमार कार्कीमाथि पनि जबराले संगीन आरोप लगाएका थिए । उनले आफूमाथि लगाइको महभियोग भन्दा अन्य न्यायाधीशरुमाथि आरोप प्रत्यारोप गर्नमा समय खर्चिएका थिए ।
प्रकाशित मिति: ११:४७ बजे, बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











