Kathmandu Press

मर्चेन्ट बैंकर्स एसोसिएसनले स्पोर्ट्स मिट गर्ने

काठमाडाैं, भदाै १६ : मर्चेन्ट बैंकर्स एसोसिएसनले ‘एमबिएएन स्पोर्ट्स मिट–२०२२’ आयोजना गर्ने भएको छ। भदौ १७ बाट सुरु हुने स्पोर्ट्स मिट भदौ २५ सम्म...
मर्चेन्ट बैंकर्स एसोसिएसनले स्पोर्ट्स मिट गर्ने

काठमाडाैं, भदाै १६ : मर्चेन्ट बैंकर्स एसोसिएसनले ‘एमबिएएन स्पोर्ट्स मिट–२०२२’ आयोजना गर्ने भएको छ। भदौ १७ बाट सुरु हुने स्पोर्ट्स मिट भदौ २५ सम्म चल्ने छ।

इभेन्ट कोर्टले व्यवस्थापन गर्ने स्पोर्ट्स मिटमा टेबल टेनिस, ब्याडमिन्टन, फुटसल समावेश छन्। टेबल टेनिस र ब्याडमिन्टनका खेलहरु भदौ १७ बाट सुरु हुनेछ। टेबल टेनिसमा महिला, पुरुष र भेट्रान्स सिंगल गरी तीन समूह हुनेछ भने ब्याडमिन्टन भने महिला र पुरुष डबल्समा आयोजना हुनेछ। खेल भत्केकोपुलस्थित धन्यन्तरी फुटसलमा आयोजना हुनेछ। 

यस्तै, फुटसल भने २४ र २५ भदौमा ढुकु फुटसल हबमा आयोजना हुनेछ। स्पोर्ट्स मिटमा गोलनेपाल डटकम वेभ पार्टनर छ भने सिन्धु स्पोर्टस र बेन्च वार्मस नेपाल इभेन्ट्स सहयोगीका रुपमा छन्। 

प्रकाशित मिति: ११:२१ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्