Kathmandu Press

प्रधानन्यायाधीश जबराको आज पनि लिइँदै बयान

काठमाडौं, भदौ १६: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आज पनि बयान लिन लागिएको छ।प्रतिनिधिसभाको महाअभियोग सिफारिश समितिले जबराको आज पनि बयान लिने भएको...
प्रधानन्यायाधीश जबराको आज पनि लिइँदै बयान

काठमाडौं, भदौ १६: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आज पनि बयान लिन लागिएको छ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिश समितिले जबराको आज पनि बयान लिने भएको हो। समितिले बुधबारदेखि लिन शुरु गरेको थियो। बुधबार नसकिएपछि आज पनि बयान लिन लागिएको जनाइएको छ।

जबरामाथि गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा छन्।

उनीमाथि महाअभियोग लगाउन प्रतिनिधिसभाले महाअभियोग सिफारिश समिति गठन गरेको थियो। समितिले जबरामाथि लागेका आरोपमा ४३ वटा प्रश्न बनाएको छ।

केही प्रश्न बुधबार सोधिएका थिए। बाँकी प्रश्न आज सोधिने समितिका सदस्य एवं सांसद लालबाबु पण्डितले बताए।

आज सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ महाअभियोग सिफारिश समितिको बैठक बोलाइएको छ। त्यहिँ बैठकमा जबराको बयान लिइनेछ।

 

प्रकाशित मिति: ०८:५२ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्