पहिरोले मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध
चितवन, भदौ १६ : पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ।आज बिहान साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा सडकमा लेदो...
चितवन, भदौ १६ : पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ।
आज बिहान साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा सडकमा लेदो र पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जसले गर्दा सडक अवरुद्ध भएको छ। सवारी साधन र यात्रु बाटोमै रोकिएका छन्।
मंगलबार राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएर बुधबार दिउसो सडक सञ्चालनमा आएको थियो। आज फेरि पहिरो गएको हो।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ।
त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ। त्यहाँ पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:४७ बजे, बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











