Kathmandu Press

चलचित्रमाथि राजनीति भएको भन्दै निर्माण युनिटले राेक्याे ‘राधा’काे प्रदर्शन

काठमाडाैं, भदाै १४ : चलिचत्र ‘राधा’को प्रदर्शन मंगलबारदेखि रोकिने भएको छ। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको सो चलचित्र गत शुक्रबारदेखि...
चलचित्रमाथि राजनीति भएको भन्दै निर्माण युनिटले राेक्याे ‘राधा’काे प्रदर्शन

काठमाडाैं, भदाै १४ : चलिचत्र ‘राधा’को प्रदर्शन मंगलबारदेखि रोकिने भएको छ। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको सो चलचित्र गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो।

निर्माण युनिटले ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गरेर चलचित्रको शोमाथि राजनीति भएको भन्दै चलचित्र प्रदर्शन रोकेको जानकारी दिएकाे हो।

Hardik ivf

निर्माता देवकी विष्टले चलचित्रको शोमाथि राजनीति हुनुका साथै चलचित्रबारे नकारात्मक र भ्रामक समाचार फैलाइएका कारण प्रदर्शन राक्ने निर्णय गरेको बताइन्। ‘प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएका छौं,’ उनले भनिन्।

चलचित्र नहेर्नेहरुले चलचित्रबारे नकारात्मक टिप्पणी गरिरहेको र हलवालाले समेत दर्शक हुँदाहुँदै दिनप्रतिदिन शो घटाएर दर्शक फर्काइरहेको दाबी उनले गरिन्। तीजमा हलले शो बढाइदिने आशा आफूहरुले राखे पनि झनै घटाइएको उनले बताइन्।

हलहरुले गरेको विभेद आफूहरुलाई स्वीकार्य नभएको उनले बताइन्। प्रदर्शन रोक्नु लगानीमाथि जोखिम भएको बताउँदै निर्माता विष्टले भनिन्,  ‘त्यसका लागि अर्को विकल्प खोज्छौं, राम्रो ओटिटी प्लेटफर्म खोजेर फिल्म रिलिज गर्छांैं।’

सुवर्ण थापाको निर्देशन रहेको चलचित्रमा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथि भूमिकामा छन्। दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायत चर्चित कलाकारको पनि अभिनय यो चलचित्रमा छ।

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्