Kathmandu Press

राप्रपाबाट मोरङ-३ का लागि उम्मेदवारमा अभिनेत्री रेखाको नाम सिफारिस

काठमाडाैं, भदाै १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिस...
राप्रपाबाट मोरङ-३ का लागि उम्मेदवारमा अभिनेत्री रेखाको नाम सिफारिस

काठमाडाैं, भदाै १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिस गरेको छ। रेखाको घर सोही क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिका–१२ सलकपुरमा पर्छ।

उक्त क्षेत्रका लागि प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरिएकोमा पहिलो नम्बरमा थापा छिन्। प्रत्यक्षतर्फ सिफरिस गरिनेमा अर्का एकजना अम्बिकाप्रसाद अधिकारी हुन्।

२०७४ सालको निर्वाचनमा मोरङ–३ बाट एमाले नेता भानुभक्त ढकालले विजय हासिल गरेका थिए। वाम गठबन्धनबाट ढकालले जित्दा कांग्रेस उम्मेदवार सुनिल शर्मा थोरै मतान्तरले हारेका थिए। आगामी मंसिर ४ गते हुने ढकाल र शर्माले फेरि पनि प्रतिस्पर्धा गर्ने तयारी भइरहँदा अभिनेत्री रेखाको नाम सोही क्षेत्रका लागि सिफारिस गरिएको हो।  

नेकपा एमालेसँग तालमेल भए मात्रै रेखा उम्मेदवार बन्ने चर्चा पनि चलिरहेकाे छ। मोरङ-३ एमालेको संगठन बलियो भएकाे क्षेत्र हाे। स्थानीय निर्वाचनमा साे क्षेत्रमा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको छ।

कुनैबेला माओवादीमा आबद्ध रेखा अहिले राप्रपामा छिन्। उनी महाधिवेशनमा कुन्ती शाहीसँग महामन्त्रीमा पराजित भएकी हुन्।

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्