Kathmandu Press

‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

काठमाडौं, भदौ १२ : कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित  ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । 

प्रज्ञाभवनमा शनिबार आयोजित  कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा  कथा सङ्ग्रहको लोकार्पण गर्नुभयो । पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका छन् । 

कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक र राजनीतिक विषयलाई समेटिएको छ । देशभित्रको सशस्त्र द्वन्द्वदेखि द्वन्द्वग्रस्त मुलुक  कोर्सिया र सर्वियाका  विषयवस्तुलाई कथामा उठान गरिएको छ। पुस्तकमाथि टिप्पणी गर्दै पाण्डे, गौतम र अधिकारीले कथाकार निकै सन्तुलितरूपमा प्रस्तुत गरेको र समाजको वास्तविक कथा दस्तावेजका रुपमा आएको बताए। कथाकार श्रेष्ठले विभिन्न सयममा भेट भएका पात्र अरुको पीडाको बकपत्रको रूपमा आफूले लिपिबद्ध गरेको जानकारी दिए। 

तीस वर्ष नेपाल प्रहरीमा सेवा गरेका स्रष्टा श्रेष्ठका चारवटा  कथा सङ्ग्रह सहित आठवटा कृति प्रकाशित भइसकेको छ ।

प्रकाशित मिति: ११:५५ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्